Sunday May 5, 2024
BS 2081 Baishak 23
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

चिनियाँ राष्ट्रपति सि चिन्फिङसँग मात्र पन्ध्र मिनेट भेट्न पाउनेछन् प्रचण्ड

Mar 22, 2017 under Current Affairs 114 , National 834

१५ सदस्य भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ७ दिन लामो चीनको भ्रमणका लागि बिहिबार चीन जाने भएका छन्। à¤šà¥€à¤¨à¤•à¥‹ हाईनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोआओ फोरममा भाग लिन दाहाल चीन जान लागेका हुन्। भ्रमणमा टोलीमा दाहाल पत्नी सीता, पुत्र प्रकाश, दुई सुरक्षा अधिकारी र प्रेस सल्लाहकार गोविन्द आचार्य सँगै रहने छन्। साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव र अन्य सरकारी अधिकारीहरु पनि दाहालसँगै चीन जानेछन्। परराष्ट्र स्रोतका अनुसार दाहालले मार्च २५ मा बोआओ फोरममा सम्बोधन गर्नेछन् र २६ तारिखमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटका लागि बेइजिङ जानेछन्।

दाहाल २८ तारिखमा तिब्बतको ल्हासामा एक रात बिताएर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ। स्रोतका अनुसार भ्रमणका क्रममा नेपाल र चीनबीच कुनै सन्धिसम्झौतामा हस्ताक्षर हुने सम्भावना छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार दाहालको चीन भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विदेश भ्रमणमा हुने भएकाले चीन र नेपालबीच कुनै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने छैन। ‘नेपाल र चीनबीच केपी ओलीको पालामा भएका पारवहन सम्झौता कार्यन्वयनका लागि प्रोटोकलमा छलफल भने हुनेछ’, स्रोतले भन्यो। त्यसकारण दाहाल भ्रमणको उपलब्धि मुख्यतः चिनियाँ राष्ट्रपति चीनफिङसँग हुने १५ मिनेट लामो औपचारिक भेटघाटमा सीमित हुने भएको छ। दाहालको चीन भ्रमणलाई सबैले चासोका रुपमा हेर्नुको कारण नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौता हुने सम्भावना थियो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणताका हस्ताक्षर भएको पारवहन सन्धिको कार्यन्वयनका लागि ‘प्रोटोकल’ र बहुचर्चित ‘वन बेल्ट वन रोड’ सम्झौतामा हस्ताक्षर अहिले नेपाल र चीनबीचका महत्वपूर्ण मुद्धा हुन्। तर ती सम्झौताका लागि हस्ताक्षर गर्ने चिनियाँ अधिकारी दाहालको भ्रमणका बेला देश बाहिर हुनेछन्। चीनले ‘वन बेल्ट वनरोड’ सम्झौतामा हस्ताक्षर गर्न नेपालको परराष्ट्र मन्त्रालयमा ड्राफ्ट पठाएको थियो। तर त्यसका केही बुँदामा फरक मत राखेर नेपालले उक्त ड्राफ्ट चीन फर्काएको छ। त्यसपछि कुनै महत्वपूर्ण छलफल भएको छैन। उसो त दाहालको चीन भ्रमणका लागि पनि नेपालको तर्फबाट कुनै विशेष तयारी पनि थिएन।

केही दिनअघि दाहालले आफूलाई चीन भ्रमणको निम्ति आएको भन्दै दलका नेताहरू तथा सरकारी अधिकारीसँग छलफल गरेका थिए। तर त्यो निम्तो औपचारिक कुटनीतिक च्यानलबाट नभई अनौठो किसिमले पार्टीका तर्फबाट आएको थियो। चिनियाँ राजदूतले भ्रमण बारे आफु अनभिज्ञ रहेको बताएकी थिइन्। त्यसपछि दाहालले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चीनफिङसँग भेटवार्ताको समय तालिका मिलाउन नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रयास गरेका थिए। नेपाली पक्षले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउन पनि अनुरोध गरेको थियो। तर चिनियाँ पक्षले समय अभावका कारण भ्रमण राजकीय बनाउन नसकिने बताएपछि प्रधानमन्त्री दाहालको भ्रमण औपचारिक हुने भएको हो। 

No news.
Australian Dollar to Nepalese Rs